News Portal

  • नेपाल-चीन सीमा नाकामा खटिएका सुरक्षाकर्मी हिमपात भएपछि सदरमुकाम सिमकोट फर्किए

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    हुम्ला – नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो।

    तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट सारिएको हो।

    यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरी चौकी मङ्गलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ। चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन्।

    यस्तै, चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ। सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...