News Portal

हुम्लाको नेप्का गाउँमा पहिरो जाँदा २ को मृत्यु ४ घाईते

हिमाली संचार संवाददाता
७३६ पटक

अर्जुन बोहरा/हुम्ला – चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथिबाट सुख्खा पहिरो जादाँ २ जानको ज्यान गएको छ भने ४ जान वालवालिका सख्त घाईते भएका छन ।

पहिरोमा छोपिएर २४ वर्षिय वसन्ति तामाङ्ग र १३ वर्षिय बाँचु तामाङ्गको ज्यान गएको छ । घाइते हुनेमा ९ वर्षका विनिता तामाङ्ग र हेमन्त तामाङ्ग, ८ वर्षका युकेश तामाङ्ग र १३ वर्षिय सुष्मिता तामाङ्ग रहेका छन् ।

घाइते मध्ये सिकिस्त ३ जनाको थप उपचारका लागि शनिबार साँझ हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाकमा इन्सिपेक्टर गहेन्द्र बोगटीले बताउनु भयो ।

चंखेली ५ नेप्का गाउँमै रहेको डाँफे आधारभुत विद्यालयको कक्षा ५मा अध्ययनरत अष्मिता तामाङ्गको भने शनिबार विदा परेकोले उनी आप्mनी फुपु वसन्ति तामाङ्गसँगै नजिकैको वनमा जंगली खाँबु टिप्न गएकी बताईन ।

आफु फुपु संग बसिरहेको वेला एकासी माथिबाट ठुलो पहिरो आयो । फुपु बशन्ति तामाङ्ग ढुङ्गाको आडमा बस्नु भयो उहाँ संगै बसेकी दुवैजना माथिबाट खसेर आएको पहिरोमा पुर्न भयो । आफु भाग्न सफल भएको बताइन ।

पहिरोबाट बाँचेर आफन्त लाई गुहार्न गाउँमा मनिषा 

शनिबार गाउँ नजिकै रहेको पूर्वतिर पर्ने खोलापारी भन्ने स्थानमा खाँबु टिप्न गएको वेला माथिबाट पहिरो आउँदा केहि भाग्न सफल त भयौ कोहि पहिरोमा परे मनिषा तामाङ्गले बताइन ।

माथिबाट खसेको ढुंगाले टाउको र हातमा चोट लागेर बेहोस भएकी मनिषलाई होसमा आउन केही समय लाग्यो । एकछिन पछि होस्मा आएपछि आत्तिएकी अष्मिताले सँगैकी फुपु वषन्तिलाई घोप्टो परेर लडेकौ अवस्थामा छोडेर १५ मिनेटको बाटोमा पर्ने गाउँमा आफन्त गुहार्न गइन् । घरबाट उनका आफन्त घटनास्थलमा त गए दुई जानको मृत्य अबस्थामा भेटिए ।

विदाको दिन सदुपयोग गर्न वनमा गएका वेला अचानक आज माथिबाट खसेको सुख्खा पहिरोमा परेर वसन्तिसँगै १३ वर्षिय बाँच तामाङ्गले समेत ज्यान गुमाईन भने अष्मितासँगै चार जना घाइते भएका छन् ।

पहिरोको प्रत्यक्षदसी समेत रहेका चंखेली गाउँपालिका ५ का वडा अध्यक्ष भैरवबहादुर तामाङ्गले बताउनु भयो । पहिरो गएलगत्तै जिल्ला सदरमुकाम सिमकोटबाट पठाइएको हेलिकप्टरले चारै जना बिरामी वालवालिका लाई उद्धार गरेर सिमकोट ल्याई पुर्यएको छ । घाइतेमध्ये सुष्मिता र हेमन्त तामाङ्गको अवस्था सामान्य छ भने विनिता र युकेस तामाङ्गको अवस्था गम्भीर छ । जिल्ला अस्पताल हुम्ला निमित्त प्रमूख डा. नविन रोकायाले बताउनु भयो ।

पहिरोमा परेर घाइते भएका दुई जना वालवालिकाको थप उ पचारका लागि हेलिकप्टरबाट अहिले साँझ नेपालगञ्ज लगिएको छ । पहिरोबाट भएको क्षतीको एकिन विवरण आउन केही समय लाग्ने सहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...