News Portal

  • हुम्लाको नेप्का गाउँमा पहिरो जाँदा २ को मृत्यु ४ घाईते

    हिमाली संचार संवाददाता
    ६७५ पटक

    अर्जुन बोहरा/हुम्ला – चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथिबाट सुख्खा पहिरो जादाँ २ जानको ज्यान गएको छ भने ४ जान वालवालिका सख्त घाईते भएका छन ।

    पहिरोमा छोपिएर २४ वर्षिय वसन्ति तामाङ्ग र १३ वर्षिय बाँचु तामाङ्गको ज्यान गएको छ । घाइते हुनेमा ९ वर्षका विनिता तामाङ्ग र हेमन्त तामाङ्ग, ८ वर्षका युकेश तामाङ्ग र १३ वर्षिय सुष्मिता तामाङ्ग रहेका छन् ।

    घाइते मध्ये सिकिस्त ३ जनाको थप उपचारका लागि शनिबार साँझ हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाकमा इन्सिपेक्टर गहेन्द्र बोगटीले बताउनु भयो ।

    चंखेली ५ नेप्का गाउँमै रहेको डाँफे आधारभुत विद्यालयको कक्षा ५मा अध्ययनरत अष्मिता तामाङ्गको भने शनिबार विदा परेकोले उनी आप्mनी फुपु वसन्ति तामाङ्गसँगै नजिकैको वनमा जंगली खाँबु टिप्न गएकी बताईन ।

    आफु फुपु संग बसिरहेको वेला एकासी माथिबाट ठुलो पहिरो आयो । फुपु बशन्ति तामाङ्ग ढुङ्गाको आडमा बस्नु भयो उहाँ संगै बसेकी दुवैजना माथिबाट खसेर आएको पहिरोमा पुर्न भयो । आफु भाग्न सफल भएको बताइन ।

    पहिरोबाट बाँचेर आफन्त लाई गुहार्न गाउँमा मनिषा 

    शनिबार गाउँ नजिकै रहेको पूर्वतिर पर्ने खोलापारी भन्ने स्थानमा खाँबु टिप्न गएको वेला माथिबाट पहिरो आउँदा केहि भाग्न सफल त भयौ कोहि पहिरोमा परे मनिषा तामाङ्गले बताइन ।

    माथिबाट खसेको ढुंगाले टाउको र हातमा चोट लागेर बेहोस भएकी मनिषलाई होसमा आउन केही समय लाग्यो । एकछिन पछि होस्मा आएपछि आत्तिएकी अष्मिताले सँगैकी फुपु वषन्तिलाई घोप्टो परेर लडेकौ अवस्थामा छोडेर १५ मिनेटको बाटोमा पर्ने गाउँमा आफन्त गुहार्न गइन् । घरबाट उनका आफन्त घटनास्थलमा त गए दुई जानको मृत्य अबस्थामा भेटिए ।

    विदाको दिन सदुपयोग गर्न वनमा गएका वेला अचानक आज माथिबाट खसेको सुख्खा पहिरोमा परेर वसन्तिसँगै १३ वर्षिय बाँच तामाङ्गले समेत ज्यान गुमाईन भने अष्मितासँगै चार जना घाइते भएका छन् ।

    पहिरोको प्रत्यक्षदसी समेत रहेका चंखेली गाउँपालिका ५ का वडा अध्यक्ष भैरवबहादुर तामाङ्गले बताउनु भयो । पहिरो गएलगत्तै जिल्ला सदरमुकाम सिमकोटबाट पठाइएको हेलिकप्टरले चारै जना बिरामी वालवालिका लाई उद्धार गरेर सिमकोट ल्याई पुर्यएको छ । घाइतेमध्ये सुष्मिता र हेमन्त तामाङ्गको अवस्था सामान्य छ भने विनिता र युकेस तामाङ्गको अवस्था गम्भीर छ । जिल्ला अस्पताल हुम्ला निमित्त प्रमूख डा. नविन रोकायाले बताउनु भयो ।

    पहिरोमा परेर घाइते भएका दुई जना वालवालिकाको थप उ पचारका लागि हेलिकप्टरबाट अहिले साँझ नेपालगञ्ज लगिएको छ । पहिरोबाट भएको क्षतीको एकिन विवरण आउन केही समय लाग्ने सहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...