News Portal

ट्रम्पले गरे कार्यकालको अन्तिम समयमा इरानमा आक्रमणको योजना

हिमालीसंचार संवाददाता
४८८ पटक

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ। ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरु सँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव लिएको बताइएको छ।

सो क्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पोम्पिओ, कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरलगायतले ट्रम्पलाई इरानमा आक्रमण नगरौं भनेर सल्लाह दिएको न्युयोर्क टाइम्समा जनाइएको छ।

ईन्टरनेसनल अटोमिक इनर्जी एजेन्सीले इरानले सन् २०१५ को आणविक सम्झौता बमोजिम युरेनियमको उत्पादनलाई सीमित नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि ट्रम्प रुष्ट बनेका थिए।

अमेरिका र इरानसहित पाँच देशले यस सम्झौता गरेका थिए। जहाँ ३ सय केजीभन्दा बढी युरेनियम भण्डारन गर्न नपाइने नियम बनाइएको थियो। यद्यपी सन् २०१८ मा सम्झौताबाट अमेरिका अलग भइसकेको छ।

त्यसयता इरानले युरेनियम उत्पादन र प्रसोधनलाई बढाइरहेको छ। हाल सम्झौता भन्दा १२ गुणा बढी इरानले युनेनियम भण्डारन गरेको प्रतिवेदनमा बताइएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...