News Portal

  • काठमाण्डौ उपत्यकामा लाखको हाराहारीमा कोरोना संक्रमित

    हिमालीसंचार संवाददाता
    ३४३ पटक

    काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १ लाख पुग्न लागेको हो।

    मन्त्रालयका अनुसार तीमध्ये काठमाडौं जिल्लामा मात्रै ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना छन्। तीमध्ये धेरैजसो निको भइसकेका भए पनि अझै काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना भाइरसयुक्त नै छन्।

    कूल संक्रमितमध्ये सोमबारसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    मन्त्रालयका अनुसार पछिल्लो समय सोमबार काठमाडौं उपत्यकामा थप ५०१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २८९ पुरुष र २१२ महिला छन्। देशभर भने सोमबार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा ७३५ पुरुष र ४६२ महिला छन्।

    यस्तै मन्त्रालयले सोमबार दिउँसो दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर गरेर थप ९ जनाको मत्यु भएको छ भने २ हजार ९ सय ३४ जना निको भएका छन्।

    सोमबार थपिएकासमेत देशभर संक्रमितको कूल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने संक्रमितमध्ये १ हजार २३० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, सोमबार दिउँसोसम्म संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना निको भएका छन्। अझै देशभर ३३ हजार ३७९ जना निको हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...