News Portal

काठमाण्डौ उपत्यकामा लाखको हाराहारीमा कोरोना संक्रमित

हिमालीसंचार संवाददाता
३९९ पटक

काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १ लाख पुग्न लागेको हो।

मन्त्रालयका अनुसार तीमध्ये काठमाडौं जिल्लामा मात्रै ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना छन्। तीमध्ये धेरैजसो निको भइसकेका भए पनि अझै काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना भाइरसयुक्त नै छन्।

कूल संक्रमितमध्ये सोमबारसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार पछिल्लो समय सोमबार काठमाडौं उपत्यकामा थप ५०१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २८९ पुरुष र २१२ महिला छन्। देशभर भने सोमबार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा ७३५ पुरुष र ४६२ महिला छन्।

यस्तै मन्त्रालयले सोमबार दिउँसो दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर गरेर थप ९ जनाको मत्यु भएको छ भने २ हजार ९ सय ३४ जना निको भएका छन्।

सोमबार थपिएकासमेत देशभर संक्रमितको कूल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने संक्रमितमध्ये १ हजार २३० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, सोमबार दिउँसोसम्म संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना निको भएका छन्। अझै देशभर ३३ हजार ३७९ जना निको हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...