News Portal

हेर्नुहोस् आज मंसिर २ गते मंगलवारको राशिफल

हिमालीसंचार संवाददाता
४२५ पटक

वि.सं.२०७७ साल मंसिर २ गते मंगलवार || सन् २०२० नोभेम्बर १७ तारिख || नेपाल संवत ११४१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न हतार नगर्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । खर्च लागे पनि भौतिक साधनकाे आनन्द प्राप्त नहुन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थिति अनुकूल नभए पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। घरेलु काममा अलमलिनुपर्ने हुन सक्छ। तापनि अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विवादास्पद काम गर्नुपरे पनि नयाँ जिम्मेवारी पाइनेछ। सानो कमजोरीले आफन्त र साथीभाइ टाढिन सक्छन्। तर, आफूलाई भने फाइदा नै हुनेछ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार बढ्नेछ। प्रयत्न गर्दा राेकिएका काम पनि सम्पादन हुनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। विवादास्पद जिम्मेवारी आउन सक्छ। गरेर अरूको मन जित्न सकिनेछ। नियमित काममा बाधा पर्ने छैन। साँझतिर आफन्तसँग मतभेद हुन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। विवादास्पद काममा हातहाल्न केही समय प्रतीक्षा गर्नुहाेला। साँझदेखि स्थितिमा सुधार आउनेछ। सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन्। काम बन्नाले प्रशस्त आम्दानी पनि हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। रोकिएका काम बन्नुका साथै सम्मानित स्थान प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

केही विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा उपलब्धि पाइनेछ।अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। साँझदेखि स्थितिमा सुधार आउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। (नेपालीपात्रो)

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...