News Portal

  • बन्दुक बिसाएपछि सुरु गरेकाे भैंसी पालनबाट मालामाल

    हिमालीसंचार संवाददाता
    ३९२ पटक

    अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन्। त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए।

    गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट ४ जना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उनको परिवारलाई रहन खान दिएन।

    कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो। त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताउछन्। “गर्यौँ भने असम्भव केही पनि छैन। म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भने, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ।”

    उनले वि.सं. २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गरे। दुईवटा थारो भैँसीबाट शुरु गरेको उनले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको जानकारी दिए। उनले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिमसमेत लिए। सस्तोमा किनेका थारो ब्याउने भए। त्यसपछि उनले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भए महङ्गोमा बेच्ने अभियान नै थाले। त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गरे। उनले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गरे।

    दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उनले ४० वटा दुहुनो भैँसीसम्म पुर्याए। थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याए। “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ। मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भने, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु।” यो समाचार राजधानीदैनिकमा छापिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...