News Portal

  • मौलिक हकसम्बन्धी सबै विधेयक दुई दिनभित्र पारित हुने

    शनिबार दुई विधेयक दुवै सदनबाट पारित 

    हिमाली संचार संवाददाता
    ३८८ पटक

    काठमाडौं -मौलिक हक कार्यान्वयन गर्न बनाउनु पर्ने सबै विधेयक संघीय संसदले सोमबारसम्म पारित गर्ने भएको छ । असोज २ सम्म १५ वटा विधेयक पारित गर्नु पर्ने सरकारलाई बाध्यता छ ।
    संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयन गर्ने विधेयक पारित गर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण संसदले नियमावलीको नियम निलम्बन गरेर फास्ट ट्रयाकबाट धमाधम विधेयक पारित गरिरहेको छ। प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्न समय लाग्ने भएपछि संसोधन राख्ने समय ७२ घण्टाबाट घटाएर १२ घण्टा कायम गर्न नियम निलम्बन गरिएको हो।

    सरकारले प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा ४ वटा विधेयक दर्ता गरेको थियो। राष्ट्रिय सभामा दर्ता भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक र वातावरण संरक्षण पहिलो संशोधन विधेयक दुबै सदनबाट पारित भइसकेको छ। यो दुई विधेयक प्रतिनिधि सभाको शनिबारको बैठकले पारित गरेको हो। अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयनमा आउनेछन्।

    प्रतिनिधिसभामा दर्ता भएका ११ मध्ये शुक्रबारको बैठकले ७ वटा (खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक, र भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक) पारित गरेको छ। यी विधेयक राष्ट्रिय सभामा टेबल भइसकेका छन्।

    त्यस्तै शुक्रबारको बैठकले वैयक्तिक गोपनीयता, अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संशोधन विधेयक पारित भएको हो।

    यो विधेयक पनि आइतबार राष्ट्रिय सभामा टेबल हुँदैछ। सोमबारसम्म १५ वटै विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयलमा पठाइसक्ने योजना रहेको संघीय संसद सचिवालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई...

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...