News Portal

  • प्रश्नहरूको गलेनीघारी – हिमाली संचार

    हिमालीसंचार संवाददाता
    ४९० पटक

    देहातका बेफुर्सदी पीडाहरू
    आँसुले गलेको सहरमा
    एक धिरी नुनसँग सटही गर्न
    यति लामो लाइनमा
    खोई कहाँनेर कसरी उभिऊँ म ?
    विश्वास गुमाएर
    मनको छहारी भत्किएको बेला
    जीवनका मूल्यहरू
    कुन दोबाटोमा भेटाउलान् र
    सुदामाजस्ता हज्जारौं दुखी ग्वालाहरूले ?

    सपनाको जङ्गलमा हराएर
    अधुरो गीत गाउँदै हिँडेको भरियाझैँ
    अथवा,
    भौतिक उत्प्रेरणाका जलकुम्भीहरू
    मष्तिष्कभरि फैलिएर
    शून्यमूल्यमा झरेको क्रान्तिकारी नेताझैँ
    अझ भनौं,
    प्रेमको धागो टुटेर
    कुनै खण्डहरमा झरेको पुरानो चङ्गाझैँ
    कहाँ र कसरी खोजूँ म
    अब जीवनका शीतल चौतारीहरू ?

    चुर बिक्री भइरहेको संसदघरमा
    अन्तर्राष्ट्रिय टेण्डर परेपछि
    स्वाभिमान गुमाएर
    उदासिएको राष्ट्रिय झण्डाको शिरमाथि
    पप्पी फूलहरू सिउरिएर
    समयले मृत्यु गीत गाइरहेको बेला
    बजारमा भोक बेचेर
    जिन्दगी किनिरहेको निरीह देशमा
    कसरी स्थापित होलान्
    माक्र्सका समाजवादी दर्शनहरू ?

    स्वाधीनता लिलामघरमा राखेर
    बन्धकी पत्रहरूमा
    हस्ताक्षर गर्न विवश पारिएको
    एउटा लाचार कठपुतली शासकझैँ
    अथवा,
    उन्मादी वैँसका नपुंसकताहरूमा
    प्रेमिकाले छोडिदिएको निम्छरो प्रेमीझैँ
    या त,
    युध्दबन्दी सैनिक छोरोलाई छुटाउन
    दुश्मनको शिविरभित्र
    याचना गरिरहेकी अर्धवैँसे आमाझैँ
    अब कसरी फुलाऊँ म
    जिन्दगीमा भरोसाका रक्तिम थुँगाहरू ?

    घाटा बजेटले रेटेर
    विश्वास गुमाएको डेरावालझैँ
    अथवा,
    ऋणले चुर्लुम्म डुबेको देशमा
    जगेडा राखेर
    घर पठाइएको निर्धो सचिवझैँ
    अझ भनौं,
    बिष्टिनीको कृपा पर्खेर
    कुवाको अन्तिम लाइन नजिकै
    चुपचाप उभिएकी कान्छी दमिनीझैँ
    अब कसरी राखूँ म
    पुर्पुरामाथि आशै आशका उर्वर ब्याडहरू ?

    ओइ ठुल्कान्छी !
    तिम्रो पिरतीको थैली खोलेर
    हेर न एकचोटि
    केही प्रश्नहरू पो बाँकी छन् कि ?
    ओ अर्थमन्त्रीज्यू !
    बजेटको रातो ब्रिफकेस उघारेर
    हेर्नुस् न एकचोटि
    केही प्रश्नहरू अझै अनुत्तरित छन् कि ?
    यो प्रश्नैप्रश्नको गलेनीघारीमा
    आजसम्म पनि,
    किन वनडढेलो सल्किँदैन हँ ?

    ✍प्रथा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...