News Portal

प्रश्नहरूको गलेनीघारी – हिमाली संचार

हिमालीसंचार संवाददाता
५७८ पटक

देहातका बेफुर्सदी पीडाहरू
आँसुले गलेको सहरमा
एक धिरी नुनसँग सटही गर्न
यति लामो लाइनमा
खोई कहाँनेर कसरी उभिऊँ म ?
विश्वास गुमाएर
मनको छहारी भत्किएको बेला
जीवनका मूल्यहरू
कुन दोबाटोमा भेटाउलान् र
सुदामाजस्ता हज्जारौं दुखी ग्वालाहरूले ?

सपनाको जङ्गलमा हराएर
अधुरो गीत गाउँदै हिँडेको भरियाझैँ
अथवा,
भौतिक उत्प्रेरणाका जलकुम्भीहरू
मष्तिष्कभरि फैलिएर
शून्यमूल्यमा झरेको क्रान्तिकारी नेताझैँ
अझ भनौं,
प्रेमको धागो टुटेर
कुनै खण्डहरमा झरेको पुरानो चङ्गाझैँ
कहाँ र कसरी खोजूँ म
अब जीवनका शीतल चौतारीहरू ?

चुर बिक्री भइरहेको संसदघरमा
अन्तर्राष्ट्रिय टेण्डर परेपछि
स्वाभिमान गुमाएर
उदासिएको राष्ट्रिय झण्डाको शिरमाथि
पप्पी फूलहरू सिउरिएर
समयले मृत्यु गीत गाइरहेको बेला
बजारमा भोक बेचेर
जिन्दगी किनिरहेको निरीह देशमा
कसरी स्थापित होलान्
माक्र्सका समाजवादी दर्शनहरू ?

स्वाधीनता लिलामघरमा राखेर
बन्धकी पत्रहरूमा
हस्ताक्षर गर्न विवश पारिएको
एउटा लाचार कठपुतली शासकझैँ
अथवा,
उन्मादी वैँसका नपुंसकताहरूमा
प्रेमिकाले छोडिदिएको निम्छरो प्रेमीझैँ
या त,
युध्दबन्दी सैनिक छोरोलाई छुटाउन
दुश्मनको शिविरभित्र
याचना गरिरहेकी अर्धवैँसे आमाझैँ
अब कसरी फुलाऊँ म
जिन्दगीमा भरोसाका रक्तिम थुँगाहरू ?

घाटा बजेटले रेटेर
विश्वास गुमाएको डेरावालझैँ
अथवा,
ऋणले चुर्लुम्म डुबेको देशमा
जगेडा राखेर
घर पठाइएको निर्धो सचिवझैँ
अझ भनौं,
बिष्टिनीको कृपा पर्खेर
कुवाको अन्तिम लाइन नजिकै
चुपचाप उभिएकी कान्छी दमिनीझैँ
अब कसरी राखूँ म
पुर्पुरामाथि आशै आशका उर्वर ब्याडहरू ?

ओइ ठुल्कान्छी !
तिम्रो पिरतीको थैली खोलेर
हेर न एकचोटि
केही प्रश्नहरू पो बाँकी छन् कि ?
ओ अर्थमन्त्रीज्यू !
बजेटको रातो ब्रिफकेस उघारेर
हेर्नुस् न एकचोटि
केही प्रश्नहरू अझै अनुत्तरित छन् कि ?
यो प्रश्नैप्रश्नको गलेनीघारीमा
आजसम्म पनि,
किन वनडढेलो सल्किँदैन हँ ?

✍प्रथा

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...