News Portal

मेरो उपचार खर्च न आफै गर्न सक्छु, सरकारले जनताप्रतिको उत्तरदायित्व बोध गरोस् – डा.केसी

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाण्डौ – कोरोना संक्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण भएर शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार गरिरहेका डा. केसीको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि डा. केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो उपचार खर्च आफै बेहोर्ने जबाफ दिएका छन्।

डाक्टर केसीले नेपाल सरकारले जनताप्रतिको कर्तव्य पुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सामाजिक संजाल मार्फत डाक्टर केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने बताएका थिए।

उनले भनेका छन्, ‘ म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।

डाक्टर केसीले अगाडी भनेका छन्, “हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

डाक्टर केसीले आफूसँग १९औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्न अनुरोध गर्दै स्वास्थ्य लाभको कामना गरेकोमा धन्यवाद दिएका छन्। डाक्टर केसीलाई विहिबार गरिएको परिक्षणमा पोजेटिभ देखिएको थियो। डाक्टर केसीलाई रुघा, खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ भने, स्वास प्रस्वासमा समेत समस्या देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...