आज : २०२६-०६-०८, सोमबार

गरिबको झुपडीमा पनि आओस्

गरिबको झुपडीमा पनि आओस्,
बिना ऋण गरी मान्न पाओस् तिहार।।

समस्या अनि अभावको रात ढाल्दै जादा,
गरिबको चुल्हो बाल्न पाओस् तिहार।।

एउटाको खुशी अर्कोलाई पीडा नभइ,
उत्साह उमंगका साथ छाओस् तिहार।।

गरिबको जिन्दगीमा पनि नयाँ रंग भर्दै,
खुसीका किरण छरेर जाओस् तिहार।।।

दुर्गा श्रेष्ठ, जुगल-६, सिन्धुपालचोक