News Portal

वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

हिमालीसंचार संवाददाता
४७६ पटक

इटहरी – वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘रमपम पूर्वेली म्युजिक अवार्ड-२०२०’ अन्तर्गत लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् ।

शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतमार्फत राईलाई नगद रु २५ हजार र  ताम्रपत्र सहित सम्मानित भएका हुन्।

गायक तथा संगीतकार राई पूर्वेली लोक संगीत क्षेत्रका शिखर व्यक्ति हुन् । वि.सं २०१३ सालमा पाँचथरमा जन्मिएका राईले आफ्ना रचना तथा गीत संगीतमा बिनायो, मुर्चङ्गा, यलम्बर बाजा, टुङ, मुरली, बाँसुरी जस्ता परम्परागत वाद्यवादन प्रयोग गरी ती वाद्यवादनहरुको प्रचार तथा संरक्षण समेत गर्दै आएका छन् ।

पूर्वेली मिडिया नेटवर्कले आयोजना गरेको उक्त कार्यक्रममा फरक फरक २२ विधामा कलाकार तथा स्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट नयाँ गायक, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट भोकल कोल्याब्रेसन, उत्कष्ट शब्द, उत्कृष्ट प्रस्तुति, बेष्ट पूर्वेली कमेडी गीत, मारुनी गीत, लिम्बु गीत, थारु गीतलगायत विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...