आज : २०२६-०६-०८, सोमबार

सम्झेर बस्नु बिगतमा भाइटीका मनाको!

आलिमा पहेलै धानको बाला झुली,
बगैचामा सयपत्री र मखमली फुलि।

पर्देशी माइतिलाई भनी सप्तरंगी टीका र माला उनी,
पाराइको घरदेखि माइती घर पुगि सम्झीदै होलि चेली।

कसरी सुनाउ माइतिको कथा परदेशमा हुदा,
सम्झिदै चेली फुलैको माला साहुको काम गर्दा।

उनेको माला गलामा हैन फोटो फिरिमा हालिदे भन्दा,
चेलिको मन के भयो होला भाइटीकामा माइती नहुदा।

साच्चै फरक रहेछ धरती र आकाशाको,
सम्झेर बस्नु बिगतमा भाइटिका मनाको ।

गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (दोहा कतार)