News Portal

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

हिमालीसंचार संवाददाता
३५३ पटक

कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका-४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ रहेका छन्।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका-६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान भईहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...