News Portal

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

हिमालीसंचार संवाददाता
३८८ पटक

कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका-४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ रहेका छन्।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका-६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान भईहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...