News Portal

दीपावली नजिकिदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्याे

हिमालीसंचार संवाददाता
५११ पटक

सुमन कार्की
पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत विक्री हुने गरेको छ।

झिनिया रोटी विक्री गरेर तानसेनका करीब १ सय घरपरिवारले तिहारको अबसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन। तानसेनको बसन्तपुर, टक्सार, मखनटोल, भगवतिटोल लगायत जिल्लाका रामपुर, सराई, खहरे वजारमासमेत झिनिया रोटी बनाउने गरिन्छ।

व्यवसायीहरुले झिनिया रोटी बेचेर दशैँ तिहार लगायतका पर्वमा २० हजार देखि २ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउँछन। तर यस पटक कोरोना भाईरस वढेका कारण आम्दानीमा निकै कमी हुने अनुमान व्यवसायीहरुको रहेको छ।

केही वर्ष अगीसम्म सिमित रुपमा गर्दे आएका झिनिया रोटीका व्यवसायीहरु वढ्दै गएका कारण पनि विक्रीमा कमी आएको उनीहरुको भनाई छ। नेवारी समुदायमा मात्र बढि चलन चल्तीमा रहेको झिनिया रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार व्यवसाय बढेको हो।

रंगिविरङगी झिनिया रोटी अन्य रोटीको दाजोमा आकर्षक देखिएका कारण पनि यसको व्यवसायमा विस्तार हुदै गएको हो। थोरै लगानी र मेहेनतमा राम्रो आम्दानी गर्न सकिने हुदा यो व्यवसाय गाँउ गाँउमासमेत विस्तार हुदै गएको व्यवसायिहरु वताउछन्। झिनिया रोटीको लागी चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणको लागी बिभिन्न थरीका रंगहरु मिसाएर हाते मेसिनबाट बनाउने गरिन्छ।

बनाएको सिन्के रोटीलाई घाममा राम्रोसंग सुकाएपछि मात्र बिक्रि गरिन्छ। अन्य जातजातिले दशै तिहारमा मात्र प्रयोग गरेपनि नेवारी समुदायको लागी भने १२ महिना झिनिया सिन्के रोटी प्रयोग गर्ने परम्परा रहेको छ। हरेक पुजाआजा बिबाह, व्रतवन्ध, भोजभतेरमासमेत नेवारी समुदायमा झिनिया रोटी प्रयोग गरिदै आएको छ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...