News Portal

दीपावली नजिकिदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्याे

हिमालीसंचार संवाददाता
४८९ पटक

सुमन कार्की
पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत विक्री हुने गरेको छ।

झिनिया रोटी विक्री गरेर तानसेनका करीब १ सय घरपरिवारले तिहारको अबसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन। तानसेनको बसन्तपुर, टक्सार, मखनटोल, भगवतिटोल लगायत जिल्लाका रामपुर, सराई, खहरे वजारमासमेत झिनिया रोटी बनाउने गरिन्छ।

व्यवसायीहरुले झिनिया रोटी बेचेर दशैँ तिहार लगायतका पर्वमा २० हजार देखि २ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउँछन। तर यस पटक कोरोना भाईरस वढेका कारण आम्दानीमा निकै कमी हुने अनुमान व्यवसायीहरुको रहेको छ।

केही वर्ष अगीसम्म सिमित रुपमा गर्दे आएका झिनिया रोटीका व्यवसायीहरु वढ्दै गएका कारण पनि विक्रीमा कमी आएको उनीहरुको भनाई छ। नेवारी समुदायमा मात्र बढि चलन चल्तीमा रहेको झिनिया रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार व्यवसाय बढेको हो।

रंगिविरङगी झिनिया रोटी अन्य रोटीको दाजोमा आकर्षक देखिएका कारण पनि यसको व्यवसायमा विस्तार हुदै गएको हो। थोरै लगानी र मेहेनतमा राम्रो आम्दानी गर्न सकिने हुदा यो व्यवसाय गाँउ गाँउमासमेत विस्तार हुदै गएको व्यवसायिहरु वताउछन्। झिनिया रोटीको लागी चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणको लागी बिभिन्न थरीका रंगहरु मिसाएर हाते मेसिनबाट बनाउने गरिन्छ।

बनाएको सिन्के रोटीलाई घाममा राम्रोसंग सुकाएपछि मात्र बिक्रि गरिन्छ। अन्य जातजातिले दशै तिहारमा मात्र प्रयोग गरेपनि नेवारी समुदायको लागी भने १२ महिना झिनिया सिन्के रोटी प्रयोग गर्ने परम्परा रहेको छ। हरेक पुजाआजा बिबाह, व्रतवन्ध, भोजभतेरमासमेत नेवारी समुदायमा झिनिया रोटी प्रयोग गरिदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...