News Portal

इटलीको स्टोनियाविरुद्ध ४-० को फराकिलो जित

हिमालीसंचार संवाददाता
३५७ पटक

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियामाथि सानदार जित निकालेकाे छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४-० को फराकिलो जित निकालेको हो।

इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे। त्यस्तै फेडेरिको बेर्नार्डेची र रिकार्डो ओर्सोलिनीले एक एक गोल गरेका थिए। इटलीले पहिलो हाफमा २-० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै पहिलो हाफमा इटलीको अग्रता दोब्बर पारेका हुन्।

दोस्रो हाफमा भने दुबै गोल पेनाल्टीमा भएका थिए। ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीमा गोल गर्दै इटपललाई ३-० को अग्रता दिलाएका हुन्। खेल सकिन ४ मिनेट बाँकी रहँदा ओर्सोलिनीले गोल गरे। उनले पनि पेनाल्टीमा गोल गर्दै इटलीलाई स्टोनियामाथि ४-० को फराकिलो जित दिलाए।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...