News Portal

हिमाअस कन्सल्टेन्सीको शाखा पुर्वाञ्चलको इटहरीमा

हिमालीसंचार संवाददाता
३९८ पटक

धरान – अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीले पुर्वाञ्चलको इटहरी शाखाबाट सेवा सुरु गरेको छ ।

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु भएको हो । सन् २००८ सालमा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालमा छैटौँ शाखा इटहरीमा खोलेको छ । विद्यार्थीबाट नै केक काटेर इटहरी शाखाको उद्घाटन गरिएको हो ।

अरू कन्सल्टेन्सीबाट जाँदा अस्ट्रेलिया पुर्याउने मात्र काम हुने तर हिमाअसले सिम कार्ड देखि जागिर सम्मको व्यवस्था मिलाउने अपरेसनल म्यानेजर सन्दीप खड्काले बताएका छन्। एयरपोर्टबाट पिकअप गर्ने देखि पिआर मिलाउन इन्टिच्युटले नै सहयोग गर्ने उनको भनाइ छ ।

अपरेसनल म्यानेजर खड्काका अनुसार पूर्वमा धरानदेखि काँकडभिट्टासम्मलाई लक्षित गरेर इटहरीमा शाखा खोलिएको हो। त्यसका साथै भर्ना भएपछि होटेल सम्बन्धी ट्रेनिङको समेत व्यवस्था मिलाइने उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...