News Portal

हिमाअस कन्सल्टेन्सीको शाखा पुर्वाञ्चलको इटहरीमा

हिमालीसंचार संवाददाता
३७२ पटक

धरान – अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीले पुर्वाञ्चलको इटहरी शाखाबाट सेवा सुरु गरेको छ ।

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु भएको हो । सन् २००८ सालमा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालमा छैटौँ शाखा इटहरीमा खोलेको छ । विद्यार्थीबाट नै केक काटेर इटहरी शाखाको उद्घाटन गरिएको हो ।

अरू कन्सल्टेन्सीबाट जाँदा अस्ट्रेलिया पुर्याउने मात्र काम हुने तर हिमाअसले सिम कार्ड देखि जागिर सम्मको व्यवस्था मिलाउने अपरेसनल म्यानेजर सन्दीप खड्काले बताएका छन्। एयरपोर्टबाट पिकअप गर्ने देखि पिआर मिलाउन इन्टिच्युटले नै सहयोग गर्ने उनको भनाइ छ ।

अपरेसनल म्यानेजर खड्काका अनुसार पूर्वमा धरानदेखि काँकडभिट्टासम्मलाई लक्षित गरेर इटहरीमा शाखा खोलिएको हो। त्यसका साथै भर्ना भएपछि होटेल सम्बन्धी ट्रेनिङको समेत व्यवस्था मिलाइने उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...