News Portal

  • दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य”माइला गुरु” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७४२ पटक

    राजु बोहरा/काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत, त्यसमाथि पनि काँठ क्षेत्रको उर्बर भुमि मानिने सिन्धुपाल्चोक जिल्लाका धेरै चर्चामा आएका कलाकारहरु पछिल्लो समय पलाएन भैरहंदा नव कलाकारहरुको प्रसस्त मात्रामा आगमन भैरहेको छ । सोहि क्रममा यतिबेला अमृत आचार्य (माइला गुरु) पनि सिन्धुपाल्चोक जिल्लाको सान बन्दै लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । आफ्नै जिबन भोगाई “पछुतो” बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका उनले “मलाई माया गर्छौ कसरी” र “मेरो को छ र” बोलको गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भैसकेका छन् ।

    यिनै गीतको चौतर्फी सफलता पछी अमृतले यस बर्षको दशैँ तिहार गीत पनि बजारमा ल्याएका छन् । उक्त गीत “दशैँ आउदा हुन्छ के गरौँ” बोलको रहेको छ ।प्रस्तुत गीतमा अमृत आचार्य (माइला गुरु) र शर्मिला गुरुंगको कर्णप्रिय स्वर लहरी सजिएको छ । बिशेष गरी चाडबाडको मुखमा परदेशिनु पर्दाको पिंडालाई बुलन्द गरिएको यस गीतलाई लय अमृतले नै तयार पारेका हुन् भने शब्द रत्न बानियाले तयार पारेका छन् । गीतको म्युजिक भिडियो पनि निकै मार्मिक बनेको छ ।

    भिडियोमा भुवन श्रेष्ठ मुस्कान, रत्न बनिया, आयुस आचार्य र सगुन तामांगको अत्यन्त घत लाग्दो अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन रत्न बानियाले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन संगीत बानियाले गरेका छन् । अत्यन्त मन छुने बनेको हुनाले अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाई बन्नेमा यस गीत संग सम्बन्धित कलाकारहरु ढुक्क रहेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...