News Portal

  • भारतीय टेलिभिजन प्रस्तोता गोस्वामीलाई रिहा गर्न अदालतको आदेश

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    मुम्बई – भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीलाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका गोस्वामीलाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतिय मिडियामा जनाइएको छ।

    मुम्बईको उच्च अदालतले जमानत दिन अस्वीकार गरेको थियो तर, जमानत नदिनु गलत भएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। ऊनलाई सन् २०१८ मे मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकलाई आफ्नो ज्यान फाल्न बाध्य बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

    उनी १९ गते मुम्बईस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। अन्वय नायक र उनकी आमा कुमुद नायक आफ्नै फार्म हाउसमा मृत अवस्थामा फेला परेका थिए।

    सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आफूहरुले आफ्नो ज्यान फालेको लेखिएको थियो। सन् २०१९ मा बन्द भएको यस केश नाइककी छोरीको उजुरीपछि खुलेको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...