News Portal

उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बचाउ

हिमालीसंचार संवाददाता
३८७ पटक

सुर्खेत – उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ। उक्त डेरीद्वारा उत्पादित “रारा दुध” र “रारा दही”मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो।

सोही समाचार प्रकाशन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी निरीक्षणसमेत गरेको थियो। कम्पनीका संचालक माधव धितालले दशैंदेखि लेवलिङ्ग प्रिन्ट गर्ने कर्मचारी विदामा भएकोले लेवल नराखिएको बताएका थिए।

तर, समाचार प्रकाशन पछि कम्पनीद्वारा विज्ञप्ती जारी गर्दै मेशिन खराबी आएको समेत कम्पनीले स्वीकार गरेको थियो। यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले अनुगमन निरीक्षण गरी लेवल लगाएको पाइएको भन्दै उद्योगको बचाउ गरेका छन्।

कानुुनमा के छ ?
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उपभोक्ता संरक्षण ऐन विपरित सुर्खेत डेरी उद्योगले उपभोक्ता ठगी गरेको हो।

सोही ऐनको परिच्छेद ८ को कसुर र सजाय सम्बन्धि व्यवस्था अनुसार दफा ३८ को उपदफा (क) मा ‘दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा’ कसुर ठहरीने र उक्त कसुर गरेवापत “३ महिनादेखि ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिबाना वा, दुबै सजाय” हुने व्यवस्था स्पष्ट उल्लेख छ।

यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले भने उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई कारबाही गर्न मनासिव नदेखिएको भन्दै बचाउ गरेका छन्।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...