News Portal

उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बचाउ

हिमालीसंचार संवाददाता
४२३ पटक

सुर्खेत – उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ। उक्त डेरीद्वारा उत्पादित “रारा दुध” र “रारा दही”मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो।

सोही समाचार प्रकाशन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी निरीक्षणसमेत गरेको थियो। कम्पनीका संचालक माधव धितालले दशैंदेखि लेवलिङ्ग प्रिन्ट गर्ने कर्मचारी विदामा भएकोले लेवल नराखिएको बताएका थिए।

तर, समाचार प्रकाशन पछि कम्पनीद्वारा विज्ञप्ती जारी गर्दै मेशिन खराबी आएको समेत कम्पनीले स्वीकार गरेको थियो। यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले अनुगमन निरीक्षण गरी लेवल लगाएको पाइएको भन्दै उद्योगको बचाउ गरेका छन्।

कानुुनमा के छ ?
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उपभोक्ता संरक्षण ऐन विपरित सुर्खेत डेरी उद्योगले उपभोक्ता ठगी गरेको हो।

सोही ऐनको परिच्छेद ८ को कसुर र सजाय सम्बन्धि व्यवस्था अनुसार दफा ३८ को उपदफा (क) मा ‘दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा’ कसुर ठहरीने र उक्त कसुर गरेवापत “३ महिनादेखि ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिबाना वा, दुबै सजाय” हुने व्यवस्था स्पष्ट उल्लेख छ।

यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले भने उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई कारबाही गर्न मनासिव नदेखिएको भन्दै बचाउ गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...