News Portal

  • रतुवामाईमा दिवा शाह ईन्जिनियर जेभिले निर्माण गरेको सडकमा चरम लापरबाही

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    रबिन्द्र बराल/ मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाको वडा नं.९ स्थित कटनु सुबेदी चौक जोणी टोल हुदै मुलडाँडा सम्मको करिब ७ किलोमिटर सडक निर्माण कार्यमा नाला बनाउने क्रममा सिमेन्ट बालुवा र गिटि मिस्रणमा ठेक्केदार कम्पनीका प्रमुखले आफुखुशि काम  गरेको स्थानीयले आरोप लगाएका छन।

    नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयको कुल २० करोड ८७ लाख ९४ हजार ७ सय ५३ रुपैयाँ ६४ पैसाको लागतमा  सडक निर्माण कार्य सुरु भएको हो।

    सडकको  ठेक्का दिवा शाह ईन्जिनियर जेभि जाउलाखेल ललितपुर   काठमाडौले  पाएको छ।  सडक निर्माण सुरु भएको एक बर्षको अबधिमा सडकमा ठेक्केदारको मनोमानी ढंगले नाला बनाउन मापदण्ड भन्दा फरक सिमेन्टको समेत प्रयोग गरी काम गरहेको स्थानीयले आरोप लगाएका छन । 

    उक्त सडकमा नाला, पाईप कल्भर्ट, बक्स कल्भर्ट, सेलेब कल्भर्ट, सब बेस, बेस तथा अस्फाल्ट निर्माणकार्य गर्ने भएको छ । सो सडकको ठेक्का सम्झौता २०७६  असोज १३ गते भएको हो भने सडक सम्पन्न २०७८ असोज २८ गते निर्माण सम्पन्न गर्नु पर्ने  सुचनामा भनिएको छ। तर सूचना पाटीमा भने उक्त सडक कुन कम्पनीले  ठेक्का पाएको हो  भन्ने समेत  लेखिएको छैन। सो सडक निर्माण कार्यका लागि नाला बनाउने काम भईरहेता पनि नालामा गिट्टी, बालुवा र सिमेन्टको मात्रा एक,  डेर र ३ को मात्रा हाल्नु पर्ने भएता पनि ठेक्केदार कम्पनीले भने एक, चार, चार गरि  बडी हाल्ने गरेको र आफ्नो सामाग्री संचित गर्ने गरेको समेत पाईएको छ ।  

    सीमेन्ट समते ओपिसी प्रयोग गर्ने भनिएता कम मूल्य पर्ने र रकम बचाउने उदेश्यले RMC सिमेन्ट प्रयोग गरिरहेको समेत भेटिएको छ। स्थानीयले जानकारी पाए पछि ठेक्केदारले भने उक्त सिमेन्ट परालको कुन्युमा समेत लुकाएको स्थानीय काली बहादुर आचार्यले बताए । रेखदेख समितिले सडक निर्माणकार्य सुरु  भएको एक बर्ष बितिसक्दा समेत बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालयका  डि तथा ईन्जिनियरहरु संग आफूहरुलाई उक्त सडकको ईस्टिमेट देखाउन बारम्बार माँग गर्दा समेत अहिलेसम्म ईस्टिमेट नदिएको स्थानीय रुद्र प्रसाद लुईटेलले बताए ।

    कम्पनीले गोदाममा ओपिसी सिमेन्ट र RMC समेत राखेको भेटिएको छ । ठेकेदार कम्पनीले स्थानीयको आँखा छारो हालेर गुणस्तर हिन सिमेन्ट समेत मिसावट गरेर काम गर्ने गरेको स्थानीयले बताए । सडकमा ८ सय मिटर खोलामा रिटेरिङ बाल निर्माण गर्नु पर्ने भएता पनि खोला तर्फ कुनै ठाउँबाट माटो ननिकालिएको तर एक तर्फि रुपमा अन्य स्थानीयको जग्गाबाट आवश्यक भन्दा बढी मात्रामा माटो काटेर सडकमा हालेको स्थानीय प्रशुराम न्योपानेले बताए ।  

    यस बिषयमा वडाअध्यक्ष नन्द कुमार चापागाईं संग जिज्ञासा राख्दा उनले भने बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियरहरुले ईस्टिमेट फेल बदल गर्दा स्थानीयलाई जानकारी नगराएको र आफुलाई समेत कुनै जानकारी नगराएको उनले बताए । सो विषयमा दिवा शाह ईन्जिनियर प्रा. लिका प्रमुख सन्जिब शाहलाई टेलिफोनमा सम्पर्क गर्दा उनले भने उक्त ठाउँमा कांग्रेस र एमाले भएको हुनाले आरोप प्रत्यारोप लगाएको र पत्रकारले भनेको कुरा सहि वा गलत हो आफुले नमान्ने भन्दै झर्किएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...