News Portal

लुम्बिनी समाज कुवेतद्धारा मुटु रोगी सुनारलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौं – लुम्बिनी समाज नेपाल कुवेतले फेरी मुटु रोगी नैना सिंह सुनारलाई सहयोग गरेको छ ।उपचारका लागि आर्थिक समस्या झेल्दै आएका पाल्पाको निस्दी २ सहलकोट पुरानथरका मुटु रोगी ७३ वर्षिय सुनारलाई समाजले आर्थिक सहयोग संकलन अभियान संचालन गरेर ६९ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष रमेश नेपालीले  जानकारी दिए ।

सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा उपचारका लागि आर्थिक अभाव रहेको खबर बाहिरिएसंगै लुम्बिनी समाज कुवेतले कुवेतमा रहेका नेपालीहरु मार्फत उपचारका लागि आर्थिक सहयोग संकलन गरेको थियो ।मुटु रोगी सुनार उपचारको क्रममा रामपुर ३ रजघरा भाईको घरमा बस्दै आएका छन् ।

संकलित रकम समाजसेवी उमानाथ अर्याल, रामपुर नगरपालिका स्वास्थ्य शाखाका गिरिराज घिमिरे, कोर्डियो ग्राफर राज दर्जी र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले एक कार्यक्रमकाबिच संयुक्त रुपमा विरामी सुनारलाई आइतबार हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै समाजसेवी उमानाथ अर्यालले स्वदेशमा परेको दुःखमा प्रवासी नेपालीले पुर्याएको योगदान उदाहरणीय रहेको भन्दै समुदायबाट पनि आवश्यक सहयोग गरिने बताए । रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका गिरिराज घिमिरेले मुटु रोगीहरुको लागि सरकारले गरेको व्यवस्थाको बारेमा जानकारी दिँदै नगरपालिकाबाट सहयोग गर्न पहल गरिने बताए । यस्तै कोर्डियो ग्राफर राज दर्जीले समाजमा रहेका संघसंस्थाहरुले सकेको सहयोग गर्न आग्रह गरे भने पत्रकार महासंघ पाल्पाका सदस्य मल्लले प्रवासी दाजुभाईले आफ्नो ठाउँमा परेको समस्या समाधानका लागि गरेको सहयोग प्रशंसनिय रहेको बताउँदै विरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

नैना सिंहका भाई गोम बहादुर सुनारले दाजुको ज्यान बचाउनका लागि सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै प्राप्त सहयोगले उपचारमा थप राहत मिलेको बताए ।

लुम्बिनी समाज कुवेतका अध्यक्ष रमेश नेपाली (पाल्पाली)ले संस्थाले लुम्बिनी प्रदेश बाहेक देशका विभिन्न स्थानका मृगौला पिडित, मुटु रोगी, दुखि, गरिबहरु लगायत प्राकृतिक बिपत्तिमा समेत सहयोग गर्दै आइरहेको बताए ।रजघरामा भएको कार्यक्रमको सञ्चालन पत्रकार इमान सिंह रानाले गरेका थिए ।

३ वर्षदेखि मुटुको औषधी सेवन गर्दै आएका नैना सिंहलाई फागुनमा रोगले च्यापेपछि उपचारको लागि युनाईटेड मिसन अस्पताल पुर्याइएको थियो । आफुसंग भएको रकमले उपचारका लागि लैजान सक्ने अवस्था नरहेपछि गाउँ तथा टोलबासीसँग सहयोग उठाएर दाजुको उपचार गरिएको भाई गोम बहादुरले बताए ।नैना सिंहको श्रीमति, ५ छोरी र १० बर्षिय १ छोरा छन् । उनकी श्रीमती राम्ररी बोल्न सक्दिनन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...