News Portal

दिन नभई सधै निष्पट रात हुन्छ कहाँ? पिरतिमा यस्तै हुँदा जात हुन्छ कहाँ??

हिमालीसंचार संवाददाता
५४५ पटक

दिन नभई सधै निष्पट रात हुन्छ कहाँ
पिरतिमा यस्तै हुँदा जात हुन्छ कहाँ

मन भित्र अन्तरंग कल्पनाहरु कल्पिदा
नजिक नभई मिठा-मिठा बात हुन्छ कहाँ

पाउनु र गुमाउनु यस्तै हो जिन्दगीको कथा
तर समातेर छोड्ने निर्दही हात हुन्छ कहाँ

पिएर नै सिद्दिएको रित्तो-रित्तो बोतलमा
कहिलै नपिउने मान्छे संग मात हुन्छ कहाँ

जिन्दगी संग सम्झौता गर्न नसके बाँचुन्जेल
सधै दुखी रहने घाउ जस्तो घात हुन्छ कहाँ ।

गौतम सागर राई
सोलुखुम्बु
(हाल-अमेरिका कोलोराडो)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...