News Portal

मुख्यमंत्री शेरधन राई गृह जिल्लामा ब्यस्त, टेम्के भ्यू टावरको पनि सिलान्यास

हिमालीसंचार संवाददाता
४९१ पटक

भोजपुर – प्रदेश नं.१ को भोजपुर जिल्ला अन्तर्गत टेम्केमैयुङ गाउपालिमा प्रदेशकै महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र टेम्के डाँडामा टेम्के भ्यु टावरको प्रदेश १ का मुख्यमंत्री शेरधन राईले शिलान्यास गरेका छन्।

मुख्यमंत्री राईका अनुसार “मलाई विश्वास छ, यो टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुनेछ। त्यस्तै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो टेम्केमैयुङ गाउँपालिका घोषणा गर्ने सुखद अवसर मिलेको छ।  म उज्यालो गाउँपालिका बनाउन अहोरात्र खट्नु हुने गाउँपालिका नेतृत्वलाई हार्दिक सम्मान गर्दै गाउँपालिकाबासी सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछु। राईले स्थानीय स्तरबाटै सिंगो प्रदेश नं. १ लाई उज्यालो बनाउने अभियानमा रहेको बताएका हुन्। 

मुख्यमन्त्री राईले आईतवार खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय र भोजपुर टक्सार विमानस्थल सडकको उद्घाटन समेत गरेका थिए । आईतवार नै उनले भोजपुर सभाहल र यलम्बर सभाहलको पनि शिलान्यास गरे। यस्तै टेम्के मैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका रुपमा मुख्यमंत्रीको उपस्थितिमा घोषणा गरिएको छ। मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टेम्के मैयुङलाई सोमवार उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।

टेम्के डाडा ३ हजार १ सय मिटर उचाइमा रहेको टेम्के डाडामा प्रदेश सरकारको १३ करोड ६२ लाख ८१ हजार लागतमा टावर निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले किराँत राईहरूको संस्कृति तथा सभ्यताको उजागर गर्ने उद्देश्यले टावरको निमार्ण हुन लागेको बताए। उनले भने ‘यो टावर किराँत राईको इतिहास झल्किने गरी चिन्डो आकारमा निमार्ण हुनेछ, प्रदेश १ सरकारको ठुलो लगानीमा निमार्ण हुन लागेको हो । 

उक्त टावर २० मिटर उचाइमा बन्न लागेको टावरको पहिलो तलामा म्युजियम रहने छ ।‘ उक्त टावर निमार्ण भएसँगै प्रदेश १ लाई पर्यटन क्षेत्रमा थप टेवा पुग्ने मुख्यमन्त्री राईको भनाई छ। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गाउँपालिकाभर विद्युत् बिस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुबराज राईले जानकारी दिए । 

विद्युत् विस्तारको लागि गाउँपालिकाको ६ करोड ६० लाख, नेपाल विद्युत् प्राधिकरणको ६ करोड २० लाख, सङ्घीय सरकारको ५० लाख र प्रदेश सरकारको १० लाख लागतमा विद्युत् विस्तार गरेका हुन्। उक्त टावर २०८२ साल सम्ममा काम सक्ने गरी कुन्सालिङ कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...