News Portal

 रंगेली कानेपाेखरी सडक असुरक्षित बन्दै

हिमालीसंचार संवाददाता
३३३ पटक

रबिन्द्र बराल- रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ८ स्थित बेदमारी पुल नजिकै दैनिकी माेटरसाईकल दुर्घटना हुन थालेको छ। रंगेली कानेपाेखरी सडक अहिले कालेपत्रे निर्माण भएकाे र उक्त सडकमा अहिले साना तथा ठुला सवारीसाधन साे सडकमा तिव्र गतिमा गुडने भएको हुनाले दुर्घटना हुन थालेको स्थानीय सन्ताेष ऋिषिदेवले बताए ।

उक्त ठाउँ अत्यधिक धुमाउराे भएको हुनाले स्पिडमा गुडेका माेटरसाईक नियन्त्रण गर्न नसक्दा माेटरसाईक र चालक सहित पुलकाे रेलिङ देखि तल लड्ने गरेको प्रत्यक्ष दर्शि नगेन्द्र बरालले बताए । अहिलेसम्म उक्त घुमैराे ठाउँमा सवारी साधन नियन्त्रण गर्ने नसक्दा १५ जना भन्दा बडि दुर्घटना हुने भईसकेकाे स्थानीयले बताए ।

सडक बिभाग तथा ट्राफिक प्रहरीहरुले उक्त घुमाउरो ठाउँमा जनचेतना मुलक सिङ्गल नराखे सम्म दुर्घटना हुने कम नहुने टेम्पु चालक निर्दल ताजपुरीयाले बताए । पछिल्लो समयमा सडक कालेपत्रे भएपछि बिराटनगर , कानेपाेखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारणलाई उक्त सडक छाेटाे र सहज भएपनि साे ठाउँमा घुमाउरो भएकै कारण दुर्घटना हुने गरेको छ ।

हाल सम्म साे ठाउँमा दमक,ईटहरी , बिराटनगर तथा केही स्थानीयहरु समेत साे ठाउँमा दुर्घटना परेर घाइतेहुनुकाे साथै चिन्ताजनक अबस्थामा उपचार समेत गरिरहेकाेे स्थानीयले बताए । समयमै साेे घुमाउरो ठाउँमा सम्धित निकायले ध्यान नदिए ठुलाे दुर्घटना हुन सक्ने समेत देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...