News Portal

 रंगेली कानेपाेखरी सडक असुरक्षित बन्दै

हिमालीसंचार संवाददाता
३५१ पटक

रबिन्द्र बराल- रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ८ स्थित बेदमारी पुल नजिकै दैनिकी माेटरसाईकल दुर्घटना हुन थालेको छ। रंगेली कानेपाेखरी सडक अहिले कालेपत्रे निर्माण भएकाे र उक्त सडकमा अहिले साना तथा ठुला सवारीसाधन साे सडकमा तिव्र गतिमा गुडने भएको हुनाले दुर्घटना हुन थालेको स्थानीय सन्ताेष ऋिषिदेवले बताए ।

उक्त ठाउँ अत्यधिक धुमाउराे भएको हुनाले स्पिडमा गुडेका माेटरसाईक नियन्त्रण गर्न नसक्दा माेटरसाईक र चालक सहित पुलकाे रेलिङ देखि तल लड्ने गरेको प्रत्यक्ष दर्शि नगेन्द्र बरालले बताए । अहिलेसम्म उक्त घुमैराे ठाउँमा सवारी साधन नियन्त्रण गर्ने नसक्दा १५ जना भन्दा बडि दुर्घटना हुने भईसकेकाे स्थानीयले बताए ।

सडक बिभाग तथा ट्राफिक प्रहरीहरुले उक्त घुमाउरो ठाउँमा जनचेतना मुलक सिङ्गल नराखे सम्म दुर्घटना हुने कम नहुने टेम्पु चालक निर्दल ताजपुरीयाले बताए । पछिल्लो समयमा सडक कालेपत्रे भएपछि बिराटनगर , कानेपाेखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारणलाई उक्त सडक छाेटाे र सहज भएपनि साे ठाउँमा घुमाउरो भएकै कारण दुर्घटना हुने गरेको छ ।

हाल सम्म साे ठाउँमा दमक,ईटहरी , बिराटनगर तथा केही स्थानीयहरु समेत साे ठाउँमा दुर्घटना परेर घाइतेहुनुकाे साथै चिन्ताजनक अबस्थामा उपचार समेत गरिरहेकाेे स्थानीयले बताए । समयमै साेे घुमाउरो ठाउँमा सम्धित निकायले ध्यान नदिए ठुलाे दुर्घटना हुन सक्ने समेत देखिन्छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...