News Portal

प्रचण्डलाई प्रकाशमानको जवाफः माओवादीलाई जंगलबाट सत्तामा पुर्‍याउने कांग्रेस नै हो

संवाददाता
६१० पटक

डडेल्धुरा -नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा सिद्धाउने कांग्रेसलाई सिद्धियो भन्नु तर्कहीन भएको बताएका छन् ।

सोमबार मात्रै नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सिद्धिन लागेको बताएका थिए । प्रचण्डलाई प्रकाशमान सिंहले डडेल्धुरा पुगेर युद्धरत माअोवादीलार्इ समेत कांग्रेसले नै सत्तामा पुयाएको भन्दै जवाफ दिएका हुन् ।

नेपाल प्रेस यूनियन डडेल्धुराले मंगलबार डडेल्धुरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘राणा, पञ्चायत र राजा सिद्धाएर माओवादीलाईसमेत जंगलबाट सत्तामा पुर्‍याएको कांग्रेसलाई अहिले सिद्धिदैछ भनेर भन्नु बहुमतको दम्भ हो ।’

नेता सिंहले आˆनो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए । उनले भनेे, ‘कांग्रेस सधै जनताको पक्षमा बोल्छ, तर कम्युनिस्टको सरकार आइसकेपछि जतनाले उपभोग गर्ने हरेक बस्तुमा कर बृद्धि भयो ।’

उनले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको बताए । ‘सार्वजनिक स्थानलाई निषेधित क्षेत्र घेाषण गर्नु के हो ?’ उनले प्रश्न गर्दै भने, ‘देशका सबै आन्दोलन तथा विरोध प्रर्दशनका कार्यक्रम भएको माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनाएकवादको संकेत हो ।’

सिंहले विभाजित कम्युनिस्टलाई पनि कांग्रेसले नै एकजुट बनाएको बताएका छन् । ‘विभाजित तथा कमजोर अवस्थामा रहेको कम्युनिस्टलाई २०४६ सालमा स्व. गणेशमान सिंहले नै एकजुट गराएका थिए,’ उनले भने, ‘तर अहिले तिनै सत्ताधारी कम्युनिस्टबाटै राजनितीक अस्थिरता बनाउने काम हुँदैछ ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उनले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पारे ।

त्यस्तै कम्युनिस्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...