आज : २०२६-०६-२६, शुक्रबार

मोरङमा राई परिवारले बनाए बुबाको नाममा चौतारा

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ रंजनी स्थित मंङ्गलवारे चोकमा स्वर्गीय  दिलबहादुर  राईको स्मृतिमा मंङगलबारे चोकमा बटुवहरुको लागि आराम तथा बिश्रमा गर्ने सहज होस भन्ने उदेश्यले चौतारा निर्माण गरिएका छन।

एक कार्यक्रमको आयोजना गरी उक्त चौताराको उद्घाटन समेत  गरिएका छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता सुमन कुवर, वडा अध्यक्ष घन्श्याम पनेरु, बिकास  सिवाकोटी, सुभाष सिग्देल , दिपक कोइराला, स्थानीय लगायतको उपस्थित समेत रहेको थियो ।

 कार्यक्रममा प्रमुख अतिथिले रिवन काटेर चौताराको उद्घाटन गरेका थिए । राई परिवारले  पितृको सम्झनामा ब्राह्मण राखेर विधिवत रुपमा पुजा पाठ समेत गरेका थिए  । अबका दिनहरुमा बुबाको सम्झनामा गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई  सहयोग गर्दे जाने समेत  छोरा रेवत कुमार राईले बताए।