News Portal

मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित

हिमालीसंचार संवाददाता
५०३ पटक

एजेन्सी – दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे। उता रियल बेटिसका लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक-एक गोल गरे।

खेलको २२ औं डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी समायमा सनारवियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए। ३३ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर पायो। ऐसा मान्डीले फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। ग्रिजमनको फितलो पेनाल्टी प्रहारलाई बार्साकै पूर्व गोलरक्षक क्लाउडियो ब्राभोले सहजै बचाए।

पहिलो हाफ १-१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको। ४९ औं मिनेटमा ग्रिजम्याननले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ गोलको बनाए।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ६१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए। ७३ औं मिनेटमा गेरासियाले गोल गर्दै पाहुना टोली बेटिसलाई ३–२ गोलको अवस्थामा पुगाए। ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–२ गोको अवस्थमा पुगाए।

९० औं मिनेटमा पेड्रीले गोल गर्दै टिमलाई ५–२ गोकला जित दिलाए। जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ। बार्सिलोना अंक तालिकाको आठौं स्थानमा रहेको छ। पराजित बेटिस १२ अंक सहित तालिकाको सातौं स्थानमा छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...