News Portal

मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित

हिमालीसंचार संवाददाता
४४५ पटक

एजेन्सी – दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे। उता रियल बेटिसका लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक-एक गोल गरे।

खेलको २२ औं डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी समायमा सनारवियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए। ३३ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर पायो। ऐसा मान्डीले फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। ग्रिजमनको फितलो पेनाल्टी प्रहारलाई बार्साकै पूर्व गोलरक्षक क्लाउडियो ब्राभोले सहजै बचाए।

पहिलो हाफ १-१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको। ४९ औं मिनेटमा ग्रिजम्याननले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ गोलको बनाए।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ६१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए। ७३ औं मिनेटमा गेरासियाले गोल गर्दै पाहुना टोली बेटिसलाई ३–२ गोलको अवस्थामा पुगाए। ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–२ गोको अवस्थमा पुगाए।

९० औं मिनेटमा पेड्रीले गोल गर्दै टिमलाई ५–२ गोकला जित दिलाए। जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ। बार्सिलोना अंक तालिकाको आठौं स्थानमा रहेको छ। पराजित बेटिस १२ अंक सहित तालिकाको सातौं स्थानमा छ।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...