News Portal

प्रतिनिधिसभा बैठकमा कसले के भने ?

हिमाली संचार संवाददाता
५५४ पटक

काठमाडौं–प्रतिनिधिसभाका सांसदहरुले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शून्य समयमा बोल्दै सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरे ।

उनले अरनिको राजमार्गमा रहेको सडक मर्मत संहार गरी तत्काल तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विश्वकर्माले बझाङ जिल्लामा दरबन्दी अनुसार चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा बझाङमा विरामीले सास्ती व्यहोर्नु परेको पनि स्मरण गराइन् ।

सांसद इन्दुकुमारी शर्माले चुरे वनविनाश रोक्न सरकारलाई पुनः दवाव दिइन् ।

उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके  चुरे विनाश हुने र त्यसले प्रदेश २ का जनतामाझ ठूलो प्राकृतिक विनाश निम्त्याउने चेतावनी पनि दिइन् ।

सांसदहरुले बर्दियाको चेपाङहरुलाई लालपूर्जाको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

सांसद कुमारी तुलसी थापाले बर्दियाको करिव २ हजार ५ सय जनसंख्या रहेको चेपाङहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको कलंकी– नाकढुंगा सडक खण्डमा हुने ट्राफिक जाम हटाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...