News Portal

गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

हिमालीसंचार संवाददाता
१०५८ पटक

काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान हुन। थानेश्वर यूएईबाट फर्किएका हुन भने, राजेश कुवेतबाट फर्किएर यो पेशामा लागेका हुन।

उनिहरुको गोठमा अहिले ३२ माउ भैसीसहित ५० वटा सानाठुला भैसी छन। कंडेल दाजुभाईले मासिक ८ लाख रुपैया बढिको दुध बिक्री गर्ने गर्दछन। फार्ममा ६ जना कामदारलेसमेत रोजगार पाएका छन्। उनीहरू कहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजारको दुध बिक्री हुन्छ।

फर्म संचालक राजेश कंडेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख बढी खर्च हुन्छ। पारिश्रमिक र बैक ब्याजलगायतको खर्च हुन्छ र भैसी थप पनि गर्दै आएका छौ, राजेशले भने। सधै एकैनाशको आम्दानी नहुने भएकोले बार्षिक कति हुन्छ भन्न सकिन्न। गोठमा दुध लिन बिहान उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ। डेरीमा अझसम्म दुध बेच्नु नपरेको उनी बताउछन।

नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको बताए। अनुदान पाए अझ धेरै गर्न सक्थ्यौ, कंडेलले भने। गरे जस्तै पनि भएको छ, उत्साही छौ। सरकारी अनुदानका ठूला कार्यक्रम आफू कहाँ नआएको उनको भनाई छ। गोठबाटै प्रतिलिटर रु ८० मा दुध बिक्री हुने गरेको छ। कंडेल दाजुभाईको निकै राम्रो मेहनत रहेको छिमेकी रूपेनबिक्रम हमालले बताए।

बर्दघाट नगरमा ७ हजार लिटर दुध उत्पादन हुन्छ। नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ। नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताए। कृषिबाटै नगरको समृद्धि हुने भएकोले कृषकका योजना प्राथमिकतामा राखेको नगरप्रमुख बस्यालको भनाई छ।

नगरपालिकाले सिजन अनुसार घाँसका बिउ, गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन, थुनेलो रोकथाम र बिभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ। पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल भने। प्राबिधिक परामर्श पनि दिएकै छौ। यहाँ भएका कार्यक्रम हामीले दिएका छौ। हालसम्म नगरमा १ सय ४२ वटा गाई र भैसीका फार्म रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...