News Portal

  • सरिता राईको ‘मन पराउँछु माया गर्छु’ गीत सार्वजनिक (भिडियोसहित)

    हिमालीसंचार संवाददाता
    ४३७ पटक

    काठमाडौँ – पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ।

    धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो। चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ।

    गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ। आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ। गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन्।

    शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए। भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ।

    कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठलगायतले भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकाकरको उल्लेखिय उपस्थिती रहेको थियो। कार्यक्रममा निर्माता क्रान्ति सुब्बा मार्फत पुराना सर्जक गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरिएको थियो।

    उक्त गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

    म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली...

    ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

    काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल...

    एनआरएनए अध्यक्ष श्रेष्ठको प्रस्टोक्ति: केसी पक्षको महाधिवेशन अवैधानिक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री...

    युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छः डा संग्रौला

    काठमाडौं। नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले...

    नेपाली समाजमा विभाजन ल्याउँदै बद्री केसी समूह, समानान्तर गतिविधिमा सक्रिय

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री केसी समूहले संसारभरि मिलेर...