News Portal

सरिता राईको ‘मन पराउँछु माया गर्छु’ गीत सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाडौँ – पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ।

धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो। चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ।

गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ। आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ। गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन्।

शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए। भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठलगायतले भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकाकरको उल्लेखिय उपस्थिती रहेको थियो। कार्यक्रममा निर्माता क्रान्ति सुब्बा मार्फत पुराना सर्जक गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरिएको थियो।

उक्त गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...