News Portal

गोठाला गएकी २१ वर्षकी यूवतीको शंकास्पद मृत्यु

हिमालीसंचार संवाददाता
४८६ पटक

दैलेख – घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन्। प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन्।

दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर गाँउपालिका-६ लटाली बस्ने कर्णबहादुर विकको २१ वर्षकी छोरी सुनिता विक कार्तिक १७ गते ११ बजे खाना खाएर गोठाला गएकी थिईन्।

लटाली भैसीबाध्ने जंगलमा गाईबाख्रा गोठालो गएको अवस्थामा साँझ अबेरसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजतलास गर्ने क्रममा १८ गते उक्त जंगलमा मृतअवस्थामा फेला पारेको थियो। तत्काल घटनास्थलमा जिल्ला प्रहरी प्रमुख र सिओसिओ प्रहरीसहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको छ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना शंकाष्पद देखिईएकोले आवश्यक अनुसन्धान प्रक्रिया निरन्तर चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...