News Portal

आइसियुमा रहेका मनोजलाई पूर्वपत्नी ढकालको मनछुने पत्रः

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाण्डौ – चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण आईसियुमा उपचार्थ रहेका छन्। उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको समाचारले उनका शुभचिन्तकहरु निकै निरास बनेका छन् ।

कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले पनी मनछुने स्टाटस लेखेकी छन् । समयले दुईजनाबीचमा दुरी ल्यापनि दुई सन्तानको जन्मदाताको रुपमा आजपनि उत्तीकै सम्मान र माया गर्ने बताउदैँ ढकालले आईसियुमा उपचारारत रहेको समाचारले आफूलाई वि़क्षिप्त बनाएको बताएकी छन् ।

मिना ठकालले फेसबुक स्टाटस यसरी लेखेकी छिन “जिन्दगी जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन..। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...