News Portal

उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगद्वारा गल्ती स्वीकार

हिमालीसंचार संवाददाता
४०५ पटक

सुर्खेत – उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ। उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै गल्ती स्वीकार गरेको हो।

लेवल प्रिन्ट गर्ने मेशिन विग्रिएको भन्दै उद्योगले बचाउ गर्न खोजेपनि हालसम्म लेवल नलगाई दुध दही विक्रि गर्दै आएको थियो। उपभोक्तालाई लेवल नलगाई उपभोग्य सामाग्री विक्रि गर्नु गैरकानूनी काम भएकाले कानूनी कारबाही गरिनुपर्ने अधिवक्ता दुर्गा सापकोटाले बताए।

लेवल नलगाई सामाग्री बेच्ने उद्योगका सञ्चालकले अपराध गरीहाल्ने तर गल्ती भईहाल्यो भन्दैमा माफि दिन नमिल्ने सापकोटाले जानकारी दिए। लेवल नलागाई सामाग्री विक्रि गर्ने उत्पादन कम्पनीलाई कानुनी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।

समाचार प्रकाशन भएपछि अनुगमन टोलीले अध्ययन गरिसकेको र उक्त टोलीको प्रतिवेदनका आधारमा कारबाही गरिने उनले जानकारी दिए। अनुगमन भईसकेको छ। टोलीको प्रतिवेदन मलाई प्राप्त भएको छैन प्रजिअ रेग्मीले भने, ‘प्रतिवेदनको आधारमा आबश्यक कारबाही हुन्छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उक्त सुर्खेत डेरी उद्योग प्रालिले दुध र दहीका प्याकेटहरुमा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख नगरी उपभोक्तालाई विक्रि वितरण गर्दै आएको समाचार प्रकाशन भएपछि लेवल उल्लेख गर्न थालेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...