News Portal

  • भट्टी पसलमा रमाएका गायक भोजराज काफ्ले, अब दुध डेरी तिर (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७३० पटक

    राजु बोहरा–काठमाडौँ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिएको छ । यस बर्ष गत बर्षहरुको तुलनामा निकै कर्णप्रिय तीज गीतहरु बजारमा आएका थिए । यस लगत्तै अब अन्य बिभिन्न प्रसंग तथा दशैँ बिशेष गीतहरुले पनि नेपाली सांगीतिक बजार ढाक्ने वाला छ । यसै क्रममा तीज कै भोलिपल्टको दिनलाई सुभसाहित मानेर सर्वप्रिय गायक भोजराज काफ्लेले एक निकै रोमान्चक र सन्देश मुलक गीतलाई सार्बजनिक गरेका छन् । रक्सि शब्दबाट फापेका भोजराजको यस पटक भने पहिलेको भन्दा पृथक गीत बजारमा आएको छ ।

    “माली गाईको दहि” नाममा बजारमा आएको यस गीतमा कुनै भट्टी पसल गर्नु भन्दा दुध डेरी खोलेर आफ्नो ब्यवासाहिकता अगाडी बढाउँ भन्ने कुरालाई उत्प्रेरित गरिएको छ । प्रस्तुत गीतमा भोजराज काफ्ले र रोशनी रसाइलीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । भोजराज कै लय शब्दमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राजेन्द्र गिरी, मिना गीरी, मिंग्मा तामांग, राजन पाण्डे, अजित अधिकारी, बिबेक चौलागाईं, लक्ष्मण चौलागाईं र हेमा तामांगको आकर्षक अभिनय देख्न सकिन्छ ।

    गीत सुन्दा र हेर्दा रोमान्चक लाग्ने तर सन्देश भरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन गायक स्वयम भोराज काफ्लेले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्ले र प्रदिप दाहालले गरेका छन् । यस गीतलाई फुलबारी म्युजिक प्रा.लि ले यस बर्षको दशैको कोसेली स्वरूप सार्बजनिक गरेको हो ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...