News Portal

भट्टी पसलमा रमाएका गायक भोजराज काफ्ले, अब दुध डेरी तिर (भिडियो सहित)

हिमाली संचार संवाददाता
८१६ पटक

राजु बोहरा–काठमाडौँ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिएको छ । यस बर्ष गत बर्षहरुको तुलनामा निकै कर्णप्रिय तीज गीतहरु बजारमा आएका थिए । यस लगत्तै अब अन्य बिभिन्न प्रसंग तथा दशैँ बिशेष गीतहरुले पनि नेपाली सांगीतिक बजार ढाक्ने वाला छ । यसै क्रममा तीज कै भोलिपल्टको दिनलाई सुभसाहित मानेर सर्वप्रिय गायक भोजराज काफ्लेले एक निकै रोमान्चक र सन्देश मुलक गीतलाई सार्बजनिक गरेका छन् । रक्सि शब्दबाट फापेका भोजराजको यस पटक भने पहिलेको भन्दा पृथक गीत बजारमा आएको छ ।

“माली गाईको दहि” नाममा बजारमा आएको यस गीतमा कुनै भट्टी पसल गर्नु भन्दा दुध डेरी खोलेर आफ्नो ब्यवासाहिकता अगाडी बढाउँ भन्ने कुरालाई उत्प्रेरित गरिएको छ । प्रस्तुत गीतमा भोजराज काफ्ले र रोशनी रसाइलीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । भोजराज कै लय शब्दमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राजेन्द्र गिरी, मिना गीरी, मिंग्मा तामांग, राजन पाण्डे, अजित अधिकारी, बिबेक चौलागाईं, लक्ष्मण चौलागाईं र हेमा तामांगको आकर्षक अभिनय देख्न सकिन्छ ।

गीत सुन्दा र हेर्दा रोमान्चक लाग्ने तर सन्देश भरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन गायक स्वयम भोराज काफ्लेले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्ले र प्रदिप दाहालले गरेका छन् । यस गीतलाई फुलबारी म्युजिक प्रा.लि ले यस बर्षको दशैको कोसेली स्वरूप सार्बजनिक गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...