News Portal

  • ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

    हिमालीसंचार संवाददाता
    ३७९ पटक

    काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको छ।

    बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले आपत्ति जनाएका छन् । पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालले आपत्ति जनाएका हुन् । पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि दाहालले आपत्ति जनाएको ती नेताले बताए ।

    ”अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको दाहालले ओलीलाई भनेका थिए।” पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक गरेर पार्टी फुटाउने तयारी बालुवाटारबाट भएको भन्दै दाहालले त्यसले निकास नदिने बताएका थिए । उनले सबै कुरा बैठकमा राख्न ओलीलाई आग्रह गरेको पनि ती नेताले बताए ।

    तर, ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किएका थिए ।

    प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्रहरु भएका र त्यसको सामना गर्न तयार रहेको जवाफ अध्यक्ष दाहाललाई दिएका थिए । पार्टीभित्रैको असहयोगले सरकारको काममा असर पारेको भन्दै ओलीले आफूले पार्टी फुटका गतिविधि नगरेको बताएका थिए । दुई अध्यक्षबीचको छलफल सकारात्मक नभएपछि दुवै समूह थप रणनीति निर्माणमा जुटेका छन् ।

    केहीदिन अगाडि प्रधानमन्त्री ओलीले बैठक पनि नबस्ने र बहुमतले गरेका निर्णय पनि नमान्ने बताएका थिए । बुधबार ओली पक्षले आफू निकट प्रदेश १ का नेताहरुसँग भर्चुअल बैठक गरेर जबजको पक्षमा उभिन निर्देशन दिएका थिए ।रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...