News Portal

हुम्लाका विद्यालयमा पठनपाठन शुरु

हिमालीसंचार संवाददाता
३५० पटक

सिमकोट – कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय बुधबारदेखि सामाजिक दूरीसहित पठनपाठन शुरु गरेका छन् । 

यही कात्तिक १६ गतेको सिमकोट गाउँपासिकाको शिक्षा समितिको बैठकले विधालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय रहेका छन् । ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् । कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन् ।

मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बुधबार पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए ।  

   

रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताए । कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताए । 

त्यस्तै, हुम्लामा बुधबारबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीक्षा सञ्चालन भएको हो ।  परीक्षामा ८२ जना नियमित र १ सय ६ जना आंशिक विद्यार्थी रहेका छन् ।

हुम्ला संक्रमणमुक्त हुम्ला जिल्ला बुधबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । 

हुम्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...