News Portal

हुम्लाका विद्यालयमा पठनपाठन शुरु

हिमालीसंचार संवाददाता
३२९ पटक

सिमकोट – कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय बुधबारदेखि सामाजिक दूरीसहित पठनपाठन शुरु गरेका छन् । 

यही कात्तिक १६ गतेको सिमकोट गाउँपासिकाको शिक्षा समितिको बैठकले विधालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय रहेका छन् । ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् । कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन् ।

मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बुधबार पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए ।  

   

रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताए । कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताए । 

त्यस्तै, हुम्लामा बुधबारबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीक्षा सञ्चालन भएको हो ।  परीक्षामा ८२ जना नियमित र १ सय ६ जना आंशिक विद्यार्थी रहेका छन् ।

हुम्ला संक्रमणमुक्त हुम्ला जिल्ला बुधबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । 

हुम्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...