News Portal

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

हिमालीसंचार संवाददाता
३६९ पटक

ऐजेन्सी – भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्नबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्नबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ । 

हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।

अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो । अन्वयले रिपब्लिक च्यानलले ५ करोड ४० लाख रुपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको अन्वयले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

सन् २०१८ मा अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुन: अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

रिपब्लिक टेलिभिजन र अर्नबविरुद्ध टीआरपी घोटालालगयातका विभिन्न चार वटा मुद्दामा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...