News Portal

  • भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

    हिमालीसंचार संवाददाता
    ३३४ पटक

    ऐजेन्सी – भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

    भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्नबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्नबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ । 

    हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।

    अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो । अन्वयले रिपब्लिक च्यानलले ५ करोड ४० लाख रुपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको अन्वयले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

    सन् २०१८ मा अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुन: अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

    रिपब्लिक टेलिभिजन र अर्नबविरुद्ध टीआरपी घोटालालगयातका विभिन्न चार वटा मुद्दामा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...