News Portal

मदनकृष्णको मर्मस्पर्शी मन छुने स्टाटस, सर्जिकल माक्सले धेरै हतसम्म बचाउछ

हिमालीसंचार संवाददाता
४६२ पटक

काठमाण्डौ – सामाजिक सञ्जाल फेसवुकमा मदनकृष्ण श्रेष्ठ लेख्छन ‘हरिबंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ, यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन।

“उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन संका सम्म पनि नहुनु स्वाभाबिकै थियो । हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं ।

भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त ! ? भन्दा त लौ मा र्यो ।।। एक छिन त म पनि झसंग भए। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ ।

तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखा परिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।

कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।

त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है । यसरी कलाकार मदन श्रेष्ठले लामो स्टाटस लेखेर सर्वसाधारण सबैमा उच्च सतर्कताका लागि अनुरोध समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...