News Portal

सुर्खेतमा सात जुवाडे पक्राउ, साढे ५६ हजार रकम बरामद

हिमालीसंचार संवाददाता
४३९ पटक

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर ९ का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर ३ का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर ६ का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको उनले बताए। उक्त विषयमा थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...