News Portal

दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

हिमालीसंचार संवाददाता
४४६ पटक

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो।

उक्त डेरी उद्योग प्रालिले ‘रारा दुध’ र ‘रारा दही’ उत्पादन गरी बजारमा विक्रि वितरण गर्दै आइरहेको छ तर, दुध र दहीका प्याकेटमा भने उत्पादन मिति उल्लेख गरिएको छैन।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उक्त सुर्खेत डेरी उद्योग प्रालिले दुध र दहीका प्याकेटहरुमा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख नगरी उपभोक्तालाई विक्रि गर्दै आएको छ।

दुधको प्याकेटमा उपभोग गर्न मिल्ने समय ४८ घण्टा उल्लेख गरिएको छ भने दहीको बट्टामा प्याकिङ्ग मितिदेखि ६ दिनसम्म उपभोग गर्न मिल्ने लेखिएको भएतापनि उत्पादन मिति उल्लेख गरिएको छैन। जसको कारण कुन मितिमा दुध, दही प्याकेजिङ्ग गरिएको हो र यसको प्रयोग कहिलेसम्म गर्न मिल्ने भन्ने एकिन छैन।

उत्पादित वस्तुमा लेवलिङ्ग उल्लेख नगरी बजारमा विक्रि वितरण गरेको पाइएमा तुरुन्त छानबिन गरी आवश्यक कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापाले जानकारी दिए।

‘दुग्धजन्य पदार्थ विक्रि वितरण गर्दा लेवल स्पष्टसँग उल्लेख गरिएको हुनुपर्दछ’ उनले भने, ‘लेवल उल्लेख नगरी विक्रि वितरण गर्नु अनुचीत व्यापारिक कार्य हो। यसको छानविन गरी आवश्यक कारबाही हुन्छ।

यता, कम्पनीका सञ्चालक माधव धितालले आफुहरुले लेवल स्पष्ट उल्लेख गर्ने गरेको दावी गरेका छन्। उनले केही दिन यता दुधको प्याकेटमा उत्पादन मिति र विक्रि मुल्य लेख्न छुटेपनि दही र घ्यूको बट्टामा स्पष्ट उल्लेख गरेको बताएका छन्। यद्यपी उनले भनेअनुसार दहीको बट्टामासमेत उत्पादन मिति, विक्रि मुल्य उल्लेख गरिएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...