News Portal

  • सामाजिक अभियन्ता पूर्वगोर्खा इस्बोको कोरोनाका कारण निधन

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    धरान – ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान कोरोनाका कारण निधन भएको छ ।

    तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।

    उनी धरानका विभिन्न संघसंस्थाका सक्रिय नेतृत्वकर्ता थिए । करिब तीन दशकअघि ब्रुनाईमा भएको गोर्खा आन्दोलनमा नेतृत्व गर्दा उनीसहित ११ जनालाई जागिरबाट हटाइएको थियो, त्यसबेला उनी जुत्ताचप्पलबिना खाली खुट्टा नेपाल आइपुगेका थिए । पूर्वगोर्खा भएर पनि उनी हङकङ र बेलायत नगई धरानमै बसेर विकास निर्माणमा जुटेका थिए ।

    पूर्व गोर्खाको सन्तानका लागि वित्तीय वृद्धि गर्न गोर्खा सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, भूपू गोर्खा एकता समाज, गोर्खा स्मृति पार्क निर्माणको नेतृत्व उनले लिएका थिए । उनी पूर्वगोर्खाको अधिकारका लागि सत्याग्रह आन्दोलनका नेपाल अध्यक्षसमेत थिए । इस्बो पछिल्लो समय जनता समाजवादी पार्टीका सल्लाहकार र लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए । रासस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्।...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...