News Portal

जुम्लामा एक बालिकाको मृत्यु, भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

हिमालीसंचार संवाददाता
४२१ पटक

कर्णाली – पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो।

आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी थिइन्। उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको थियो। मनिकाको उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्। भेरीगंगा नगरपालिका-१३, का २९ वर्षीय अशोक चन्द र गुर्भाकोट नगरपालिका-१४, का १८ वर्षीय कुशल सुनार घाइते भएका हुन्।

चन्दको हात र खुट्टामा सामान्य चोट लागेको छ। उनको भेरी पोलिकिल्निक छिन्चुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै सुनारको दाहिने खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि वीरेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।

भरीगंगा-२, पैसठ्ठीस्थित छिन्चुबाट सुर्खेततर्फ जाँदै गरेको भे८प १०१३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नाअपभा १०८ नम्बरको वनटेस्ट टिप्परले ठक्कर दिएको थियो। टिप्पर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका-१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका-४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।

करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका शाही भेरी नदीको किनारामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए। उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...