News Portal

  • जुम्लामा एक बालिकाको मृत्यु, भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    कर्णाली – पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो।

    आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी थिइन्। उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको थियो। मनिकाको उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

    सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्। भेरीगंगा नगरपालिका-१३, का २९ वर्षीय अशोक चन्द र गुर्भाकोट नगरपालिका-१४, का १८ वर्षीय कुशल सुनार घाइते भएका हुन्।

    चन्दको हात र खुट्टामा सामान्य चोट लागेको छ। उनको भेरी पोलिकिल्निक छिन्चुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै सुनारको दाहिने खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि वीरेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।

    भरीगंगा-२, पैसठ्ठीस्थित छिन्चुबाट सुर्खेततर्फ जाँदै गरेको भे८प १०१३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नाअपभा १०८ नम्बरको वनटेस्ट टिप्परले ठक्कर दिएको थियो। टिप्पर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, सल्यानको कुमाख गाउँपालिका-१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका-४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।

    करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका शाही भेरी नदीको किनारामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए। उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...