News Portal

र्‍यापर गायक भिटेन उच्च अदालतमा, आफुलाई नपक्रन माँग

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाण्डौ – र्‍यापर गायक भिटेनलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्‍यापर गायक भिटेन भनेर चिनिने समिर घिसिङ उच्च अदालत पाटन पुगेका छन्।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार आफूलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिन भिटेनले माग गरेका छन्। ‘उहाँ पक्राउ नगर्न अन्तरिम आदेश दिनु भन्ने माग गर्दै निवेदन लिएर यहाँ आउनु भएको छ। उहाँको निवेदन प्रक्रियामा छ अरू विस्तृतमा एकछिनपछि भनौंला,’ उनले भने।

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका थिए।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो। एक वर्षअघि र्‍यापका विषयमा उनी विवादमा परेका थिए।

प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडियो सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतको भनाइ थियो।

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भनेका थिए। साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...