News Portal

मुगु लैजानुपर्ने अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता शर्मा पक्राउ

हिमालीसंचार संवाददाता
४६६ पटक

सुर्खेत – कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो।

उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले जानकारी दिए। उनका अनुसार शर्मालाइ कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत शर्मालाई खबर पठाएका थिए। सोहीअनुसार प्रहरी कार्यालय पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा राखेको हो।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाका सञ्चालक शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा बिहीबार प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो। उनले उक्त चामल मुगुको कालैका लागि कम्पनीको गोदामबाट उठाएका थिए।

शर्माले गोदामबाट १ हजार १ सय क्विन्टल चामल उठाएका थिए। कालै प्रहरी चौकीका असई नन्दबहादुर शाहीका अनुसार मंगलबार ६० क्विन्टल अरुवा मोटो चामल कालै पुगे पनि ढुवानीकर्ताका प्रतिनिधि नहुँदा वितरण भने गरिएको छैन। ‘दुईवटा ट्याक्टरमा चामल ल्याएर छोडिएको छ तर ठेकेदारका प्रतिनिधि नहुँदा वितरणको काम भएको छैन,’ उनले भने।

सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ। बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...