News Portal

  • बालिका बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवानबिरूद्द मुद्दा

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    डोटी – शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ। डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ।

    डोटीको जोरायल गाऊँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन्। उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध मुद्दा चल्ने भएको छ।

    प्रहरी जवान सिंहले जोरा गााउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको छ।

    प्रहरी जवान सिंहले कात्तिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रूखमा झुन्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन्। हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएको भए ती बालिकाको अकालमा ज्यान जान सक्ने थियो।

    पीडित बालिकाका पिताले भन्नुभयो– ‘सुनसान रात थियो, कोही चिच्याएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जादा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टाले रूखमा झुन्ड्याएको अवस्थामा भेटें। हतारहतार गएर दोपट्टा काटेर बचायौं।

    पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो। उपचारपश्चात् बालिकाको होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ। याे खबर नेपालसमाचारपत्रमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्।...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...