News Portal

बालिका बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवानबिरूद्द मुद्दा

हिमालीसंचार संवाददाता
४४८ पटक

डोटी – शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ। डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ।

डोटीको जोरायल गाऊँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन्। उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध मुद्दा चल्ने भएको छ।

प्रहरी जवान सिंहले जोरा गााउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरी जवान सिंहले कात्तिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रूखमा झुन्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन्। हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएको भए ती बालिकाको अकालमा ज्यान जान सक्ने थियो।

पीडित बालिकाका पिताले भन्नुभयो– ‘सुनसान रात थियो, कोही चिच्याएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जादा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टाले रूखमा झुन्ड्याएको अवस्थामा भेटें। हतारहतार गएर दोपट्टा काटेर बचायौं।

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो। उपचारपश्चात् बालिकाको होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ। याे खबर नेपालसमाचारपत्रमा छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...