News Portal

भारतीय सेनापतिको स्वागतमा भव्य तयारी

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाण्डौ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित उक्त दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको क्रममा नरवानेले नेपाली सेनालाई बिशेष प्रकारको एम्बुलेन्स, कोभिड–१९ सँग सम्बन्धित सामाग्री र अन्य बहुपयोगी सामान हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ । हस्तान्तरण हुने सामाग्रीमध्ये अत्याधुनिक स्वास्थ्य उपचारको सुविधायुक्त दुईवटा मोबाइल एम्बुलेन्स काठमाडौं ल्याइ सकेको छ ।

नेपाल भ्रमणको सबै कार्यक्रम अति गोप्य राखिएको छ। परमाधिपतिको हातबाट मानार्थ सेनापतिको उपाधी दिइने हुँदा ट्राफिक प्रहरीको अगुवाइमा नेपाल प्रहरी,सशस्त्र र सेनाको कारकेड शीतल निवास जानेछ। अहिलेसम्मको तयारी हेर्दा भारतीय सेनाध्यक्ष र उनको टोलीलाई हात्तिसार, नागपोखरीस्थित मेरियट होटलमा राख्ने व्यवस्था मिलाइएको बुझिएको छ। 

उच्च सुरक्षा प्रबन्धको लागि नेपाली सेनासँगै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूसमेत खटिएका छन् । जंगी अड्डामा देखिएका चार वटै सुरक्षा निकायका गाडीको ताँतीले पनि नरवानेको सुरक्षार्थ सुरक्षाकर्मीको परिचालन व्यवस्थापन दह्रो ढंगले गरिएको देखाएको छ ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...