News Portal

सरकारलाई सर्वोच्चको कडा चेतावनी

६०८ पटक

प्रशान्त वली/काठमाडौं – आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ ।

सर्वोच्च अदालतले चारपटक सम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएपनि सरकारले सर्वोच्च वाटै पक्राउ गर्दै आएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रवार अवहेलना मुद्धामा कारबाही गर्ने चेतावनी दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकका लागि अदालतबाट एउटै व्यक्तिकालागि गैरकानुनी थुनाका बारेमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभाष समेत हुन गएको छ ।’ बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न पटक पटक आदेश दिदैं आएको छ ।

साथै विप्लव समूहका प्रवक्तालाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएपनि प्रहरीले सर्वोच्चको गेट बाहिरबाट पक्राउ गरेको छ । पक्राउ लगत्तै प्रकाण्डलाई उदयपुर लैजाने तयारी गरिएको छ । सर्वोच्चमा हाजिर हुन पुगेका प्रकाण्डले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘मलाई थाह छ सर्वोच्चले छोड्न आदेश दिएपनि सरकारले छोड्दैन । यो सरकारको षड्यन्त्र हो ।’

हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आएको छ । म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप प्रकाण्ड माथि लागेको छ । पक्राउ परेका प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चले दिएको यो आदेश छैटौँ पटक हो ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...