News Portal

मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले सवारी साधन

हिमालीसंचार संवाददाता
३५६ पटक

पोखरा – अविरल वर्षाले लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडकका ठाउँठाउँमा पहिरो गएको थियो । सबैभन्दा ठूलो पहिरो भन्ज्याङ भन्ने ठाउँमा गयो र सडक अवरुद्ध भएको थियो। गाडीहरु आउजाउ गर्न सकेनन् । आफ्नै ठाउँ र निर्वाचन क्षेत्रमा सडक अवरुद्ध भइरहेको खबरपछि  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अनुगमनमा निस्किए ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ उक्त सडकको अनुगमनमा निस्किए। मुख्यमन्त्रीको गाडी पनि जान सकेन । लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था बुझे। सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन दिए ।

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भयो। कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भयो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिए। उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताउनुभयो । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो ।

सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ जानेआउनेहरुका लागि सजिलो भएको छ । प्रदेश सरकार जनताको नजिक छ, जनताका दुखपीर मर्का छिटो सुन्छ, देख्छ र समाधान पनि गर्छ भन्ने थुप्रै उदाहरण छन्, एउटा उदाहरण हो रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, साल्मे, मालिङ जाने सडक मर्मत ।

प्रदेश सरकारले निर्माण गरिरहेको रामबजारदेखि गिलुङ हुँदै साल्मे, मालिङ जाने सडक स्तरोन्नति र कालोपत्रे भएको

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...