News Portal

जवरजस्ती करणी आरोपमा दुईजना पक्राउ

हिमालीसंचार संवाददाता
२७९ पटक

रौतहट– जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले कटहरिया नगरपालिका–१ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो । यादवले यहीं कार्तिक १४ गते राति झौवा र बडका बडेरवा टोलबीच एउटा गोठमा एक्लै रहेकी अपाङ्गता भएकी १४ वर्षीया  बालिकालाई पैसाको प्रलोभन देखाई जबरजस्ती करणी गर्न खोज्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलले जानकारी दिएका छन् । उनीसँगै रहेका अर्का आरोपित महन्थ यादव भने फरार भएको पीडित परिवारको भनाइ छ । डिएसपी रावलले भने अर्का आरोपितको संलग्नताबारे अनुसन्धान  भइरहेको जानकारी दिएका छन् ।

यस्तै जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पनि पक्राउ गरेको छ । तौफिकले कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमै नियन्त्रणमा लिइ प्रहरी कार्यालय देवाही गोनाहीमा बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।पक्राउ परेका दुवैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ । जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको डिएसपी रावलले बताए ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...