News Portal

कोरोना संक्रमणको जोखिम बढेसँगै रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं-जिल्ला प्रशासन कार्यालय रसुवाले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ।

कोरोना संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएकाले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् । संक्रमण पुष्टि भएका एक जना कर्मचारीले दुई दिनअघि परीक्षणका लागि स्वाब दिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताइन् ।

संक्रमणको जोखिम बढेसँगै राष्ट्र सेवक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको र कार्यालयमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेका कारण कार्यालयबाटै कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि शान्ति सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी सेवाबाहेक अन्य सेवाहरु हाललाई स्थगित गरिएको प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...